जनता टाइम्स

१३ फाल्गुन २०७७, बिहीबार ११:२३

सरकारले नियुक्त गर्यो ७१ जिल्लाका युवा परिषद अध्यक्ष (सूचीसहित)


काठमाडौं, फागुन १३ । सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षमा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको हो ।

यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको परिषदले जनाएको छ । मन्त्री लामा र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलबीच छलफलपछि ७१ ओटा जिल्लाको सूची तय भएको हो ।

कुन जिल्लामा को ?

१. ताप्लेजुङ : दिपेन पोमु

२. पाँचथर : श्री प्रसाद माङयुङ

३. इलाम : प्रकाश घिमिरे

४. झापा : मदन बुढाथोकी

५. संखुवासभा : हरि लिम्बु

६. तेह्रथुम : जनक रिमाल

७. भोजपुर : विकास राई

८. धनकुटा : कला राई

९. मोरङ : सन्तोष घिमिरे

१०. सुनसरी : रोशन रेग्मी

११. सोलुखुम्बु : भक्त राई

१२. खोटाङ : सन्तोष जोशी

१३. ओखलढुङ्गा : सुधिर कार्की

१४. उदयपुर : खगेन्द्र पोखरेल

१५. सिरहा : बैजनाथ शाह

१६. धनुषा : राम उदगार यादव

१७. महोत्तरी : सत्यनारायण यादव

१८. सर्लाही : सर्मिला प्रधान

१९. रौतहट : रामबावु चौधरी

२०. बारा : पुरूषोत्तम कुमार शाह

२१. पर्सा : अमिताभ बच्चन

२२. दोलखा : श्रीराज पोखरेल

२३. रामेछाप : प्रकाशकुमार कार्की

२४. सिन्धुली : देवराज वाइवा

२५. रसुवा : सुरेश अधिकारी

२६. धादिङ : सन्तोष राना क्षेत्री

२७. नुवाकोट : निलमबाबु ढुङ्गेल

२८. काठमाण्डौ : भानु पौडेल

२९. ललितपुर : प्रदिप चौलागाई

३०. काभ्रेपलाञ्चोक : प्रकाश रोका

३१. सिन्धुपाल्चोक : कुमार थापा

३२. मकवानपुर : शिवहरी दाहाल

३३. चितवन : अस्मिन घिमिरे

३४. नवलपुर : हिमाल सिंह ठकुरी

३५. गोरखा : राजन गुरूङ

३६. मनाङ : मनलाल गुरुङ्ग

३७. लमजुङ : जुन बहादुर तामाङ

३८. कास्की : विवेक देवकोटा

३९. तनहुँ : रिता ढकाल

४०. स्याङ्जा : विश्वनाथ अर्याल

४१. मुस्ताङ : कर्म नामग्याल गुरुङ

४२. म्याग्दी : देवी प्रसाद शर्मा

४३. बाग्लुङ : सुमन बोहरा

४४. पर्वत : थम नारायण पौडेल

४५. गुल्मी : शालिकराम बस्नेत

४६. पाल्पा : तुलबहादुर अधिकारी

४७. अर्घाखाँची : लिलबहादुर वि.क.

४८. नवलपरासी : धनप्रसाद भट्टराई

४९. रुपन्देही : सरोज पोखरेल

५०. कपिलवस्तु : टुकलाल गैरे

५१. प्युठान : रामचन्द्र केसी

५२. दाङ : सुरेश रावत

५३. बाँके : खेमराज शर्मा

५४. रुकुम पूर्व : सुवास गौतम

५५. रोल्पा : ठाकुरप्रसाद ओली

५६. रूकुम पश्चिम : भिमराम ओली

५७. सल्यान : जनक विक

५८. डोल्पा : बिरेन्द्र बुढा

५९. कालीकोट : सन्तोष महतारा

६०. हुम्ला : राज किरण शाही

६१. जाजरकोट : रामचन्द्र घर्ती

६२. दैलेख : चन्द्र दाहाल

६३. सुर्खेत : निरज भट्टराई

६४. डडेलधुरा : भरत मल्ल

६५. बाजुरा : कृष्णबहादुर थापा

६६. अछाम : लिला केसी

६७. डोटी : हेम केसी

६८. कैलाली : जनक खड्का

६९. दार्चुला : खेमराज जोशी

७०. बैतडी : सुरेश शेरेला

७१. कञ्चनपुर : हरिस बोगटी