जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १८:३९

सर्वोच्चको आदेश निर्वाचन आयोगमा दर्ता


काठमाडौं, फागुन २३

केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खारेज गर्ने सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता भएसँग अब प्रचण्ड र माधवकुमार नेपाललाई पार्टी फुटाउन पनि कानुनी रुपमा रोक लागेको छ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ती जारी गरी कार्यालय समयमै सर्वोच्चको आदेश आएको र दर्ता नं. १०१४ मा दर्ता भईसकेको जानकारी दिएको छ । केही कानुनविद्हरुले सर्वोच्चको आदेश निर्वाचन आयोग पुग्नु अगावै ४० प्रतिशत लिएर प्रचण्ड–नेपाल पक्ष नेकपाबाट छुटिनसक्ने बताएका थिए । तर, अब आदेश दर्ता भएकाले सो कानुनी बाटोपनि बन्द भएको हो ।