जनता टाइम्स

२४ फाल्गुन २०७७, सोमबार १२:२७

देशभरका कार्यालयमा राखिन थाल्यो एमालेको बोर्ड


काठमाडौं, फागुन २४

सर्वोच्च अदालतको फैसलासँगै तत्कालिन एमालेको कार्यालयहरुमा पुनः एमालेको बोर्डहरु राख्न थालिएको छ । जिल्लाका नेता कार्यकर्ताले कतिपय जिल्लामा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न शुरु गरेका हुन् ।

नेकपा पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । कार्यालयमा साबिकको एमाले नेता तथा कार्यकर्ताले बोर्ड परिवर्तन गरेका हुन् । नेकपा दुई समूहमा विभाजन भएपछि लामो समयदेखि बन्द रहेको कार्यालयमा सोमबार एमालेको बोर्ड राखिएको हो । बोर्ड राखिएसँगै कार्यालय पनि खुला गरिएको छ ।

अव एमाले पार्टीको पूर्ववत् अवस्थामा गतिविधिहरू सञ्चालन हुने र सोही कार्यालय नै एमालेको रहने युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताउनु भयो । अधिकाशं जिल्लामा एमालेका कार्यालय भवनहरु रहेका छन् । ति सबै कार्यालयमा यसअघि एमालेको बोर्ड हटाएर नेकपाका राखिएका थिए । एमालेका नेताहरुले कतिपय जिल्लामा पनि राख्ने काम चलिरहेको जानकारी दिनु भएको छ ।