जनता टाइम्स

२४ फाल्गुन २०७७, सोमबार १८:५४

सांसद पद गए जाओस् तर ओलीलाई नछाड्ने प्रदेश सांसद न्यौपानको घोषणा


रुपन्देही, फागुन २४

नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताउनु भएको छ । उहाले अब आफु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको भन्दै ओलीकै साथमा रहने घोषणा गर्नुभएको हो ।

रुपन्देही क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने नेकपामा विभाजन आएपछि केपी ओली समूहमा लाग्नु भएको थियो । आइतबार सर्वोच्च अदालतले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरी माओवादी केन्द्र र एमाले ब्युँतिएपछि माओवादी केन्द्रमा नफर्किने र एमालेमै रहने स्पष्ट पार्नुभयो ।

‘सांसद पद गए जान्छ के भयो त, जसले सांसद पद दिन्छ उतै जाने कुरा भएन, म राजनीतिक वैचारिक रूपमै ओली समूहमा लागेको हुँ, मलाई पदको लोभ छैन, म भएर नै सांसद पद पाएको हुँ, सांसद पद पाएर म भएको होइन,’ न्यौपानेले भन्नुभयो ।

न्यौपानेले हिजो राजनीतिक वैचारिक रूपमा कुरा मिलेर पार्टी एकीकरण भएको र सोही अनुरूप नीति कार्यक्रम योजना तय गरे पनि पार्टीमा विग्रह आएपछि राजनीतिक वैचारिक रूपले स्पष्ट भएर केपी ओलीको समूहलाई समर्थन गरेकोले अदालतको आदेशपछि पनि ओली पक्षमै रहने स्पष्ट पार्नुभयो ।