जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार १२:४३

प्रधानमन्त्रीको गृहजिल्ला झापाको पार्टी कार्यालयमा पनि राखियो एमालेको बोर्ड


काठमाडौं, फागुन २५

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा नेकपा एमाले लेखिएको बोर्ड राखिएको छ ।

एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान नेकपा लेखिएको नामको बोर्ड हटाएर एमाले राखेका हुन् । उक्त कार्यालय तत्कालीन एमालेको नै हो । नेकपामा ओली र प्रचण्ड–नेपाल समूह विभाजित भएपछि दुवै पक्षले पार्टी कार्यालयमा कुनै गतिविधि नगर्ने सहमतिअनुसार तालाबन्दी गरेका थिए ।

यसअघि आजै विहान पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेको बोर्ड राखिएको थियो ।