जनता टाइम्स

४ चैत्र २०७७, बुधबार २२:३३

गुटसँग सम्वाद हुँदैन, मुख्य दोषीबाट कारवाही शुरु गर्ने एमाले अध्यक्ष ओलीको घोषणा


काठमाडौं, चैत्र ४

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटसँग कुनै सम्वाद नहुने घोषणा गर्नुभएको छ । उहाले पार्टीका सदस्यबीच छलफल हुने भएपनि फलानो गुटको फलानोसँग भन्दै सम्वाद नगर्ने स्पष्ट पार्नुभएको हो ।

एमालेको नाममा माधवकुमार नेपालले गरिरहको गुटको राष्ट्रिय भेलालाई लक्षित गर्दै उहाले कारवाही हुने स्पष्ट पार्नुभयो । ‘सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन, पार्टीका कार्यकर्ता आ–आफ्ना ठाउँमा बस्नुपर्छ । गुटको दलबल लिएर आउन पाइदैन । पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ’, अध्यक्ष ओलीले स्पष्टसँग भन्नुभयो ।

उहाले आफु विगतको गल्तीलाई माफ गर्न तयार रहेको समेत बताउनु भयो । विगतको गल्ती माफ गरे भन्दैमा अहिलेको गल्ती टुलुटुलु हेरेर बस्न नसक्ने जवाफ दिनुभयो । अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई फुटेर प्रचण्डसँग जान कानुनी समस्या परेको हो भने अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गर्ने समेत स्पष्ट पार्नुभयो ।