जनता टाइम्स

७ चैत्र २०७७, शनिबार ०८:३५

एमाले केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै, यस्तो छ एजेण्डा


काठमाडौं, चैत ७ । सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी संसदीय दलको बैठक समेत आजै बस्दै छ ।

केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल हुने बताइएको छ । यसैगरी संसदीय दलको बैठक पनि प्रधानमन्त्री निवासमा नै बस्ने भएको छ । सो बैठकमा जारी प्रतिनिधि सभा बैठक र त्यसमा सांसद्को भूमिकाको बारेमा छलफल हुने मुख्य सचेतक बिशाल भट्टराईले जानकारी दिनुभयो । यसैगरी संसदीय दलको बैठक बहिष्कार गर्दै हिँडेका पार्टीको माधव समुहको अराजक हर्कतको बारेमा पनि छलफल हुने बताइएको छ ।

पार्टीले बोलाएको दुईवटै बैठकमा नजाले माधव समुहले बताउँदै आएको छ । सो समुहको हिजो बसेको बैठकले पार्टीले बोलाएको बैठकमा नजाने निर्णय गरेको छ । मुख्य सचेतक भट्टराईले एमालेका सवै सांसद्हरु संसदीय दलको बैठकमा आउनु पर्ने र उहाँहरु आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । बैठकमा नआए बिधि र प्रक्रियाअनुसार जाने पनि उहाँले प्रष्ट पार्नुभयो ।