जनता टाइम्स

७ चैत्र २०७७, शनिबार १०:२३

माधव नेपालमा फेरी अध्यक्ष बन्ने हुटहुटी


काठमाडौं, चैत्र ७

तत्कालिन नेकपा हुँदा माधवकुमार नेपाल पार्टी फुटाएर प्रचण्ड–नेपाल गुटको अध्यक्ष बन्नु भयो । तर, निर्वाचन आयोगले त्यसलाई मान्यता नदिएपनि उहाले सार्वजनिक कार्यक्रममा आफ्नो नाम लेख्दा नेकपाको अध्यक्ष कै हैसियतमा लेखिरहनु भयो ।

त्रिविमा धर्नामा बसेका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको आन्दोलनमा समर्थन जनाउन नेपाल पुग्नु भएको थियो । तर, त्यहा राखिएको आन्दोलन समर्थन जनाउने पुस्तिकामा भने उहाले अध्यक्षको हैसियतमा नाम लेख्नु भयो । यसले पनि उहाँमा अध्यक्ष बन्ने हुटहुटी कति छ भनेर देखाउँछ । तर, गुटकै अध्यक्ष बनिरहने उहाँको चाहना सर्वोच्च अदालतले फागुन २३ गते विधिवत रुपमा अवसान गरिदियो ।

केही समय अध्यक्ष बन्नु भएका नेपालमा त्यसपछि त्यो पद पाउने हुटहुटी जारी छ । एमाले पुनःस्थापित भएपछि उहा गुटगत भेलामा सक्रिय हुनुहुन्छ । त्यसको एकमात्र अन्त्र्य भनेको फेरी अध्यक्ष बन्ने रहेको उहाँकै समुहमा रहेका एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो । ‘कसरी त ?’ भन्ने हाम्रो प्रश्नमा ति नेताले भन्नुभयो, ‘सकेसम्म एमालेलाई विभाजन गर्ने, त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीमार्फत अनुशासनको कारवाही गराउन बाध्य बनाउने, नभए फेरी दुई पार्टी एक हुनुपर्ने भन्ने अडान नछाड्ने ।’

प्रचण्डसँग छलफल गरेर एमालेमा फर्किएपछि उहाले सोही योजनाअनुरुप अगाडी बढिरहनु भएको छ । फुटलाई प्रसय दिनेगरी पार्टीका आधिकारिक बैठक बहिष्कार गर्ने, आफ्नै गुटलाई आफैले आधिकारिक र संस्थापन पक्ष भन्दै भेला गर्ने गरिरहनु भएको छ । आफ्नो गुटको राष्ट्रिय भेलाबाट उहाले अध्यक्षबाट ओलीलाई हटाउने र कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव नै पारित गरिसक्नु भएको छ ।

एमालेका उपाध्यक्ष बामदेव गौतमले सोही गुटको भेलामा गएर शनिवारको केन्द्रीय कमिटीमा उपस्थित हुन आव्हान समेत गर्नुभएको छ । तर, खनाल–नेपाल समुहले बैठकमा उपस्थित नहुने निर्णय गरेको छ । त्यसबाट पनि उहाको अध्यक्ष बन्ने हुटहुटी प्रमाणित हुदै गएको नेताहरु बताउछन् । १५ वर्ष एमालेको नेतृत्वमा रहँदा पार्टीलाई ढुलमुले बनाएको गम्भिर आरोप खेपिरहनु भएका नेता नेपाल फेरी गुटकै भएपनि नेतृत्वमा आउने प्रयास गरिरहनु भएको छ ।