काठमाडौं, चैत ८
सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले यो सरकार स्पष्ट बहुमतमा रहेको सरकार भएको बताउनुभएको छ । नेकपा एमालेका लागि अहिले दुईटै हातमा लड्डू रहेको पनि उहाँले बताउनुभयो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘यो अल्पमतमा रहेको सरकार होइन, स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ । अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’
सरकारमा रहँदा आफूले अघि सारको एजेन्डा कार्यन्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको पनि उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो,‘विपक्षमा रहेर पनि आगामी निर्वाचनका निम्ति तयारी गर्ने अवसर रहन्छ । चुनावमा गएर फेरि पनि बहुमत ल्याएर सिंहदरबार आउँछौं भनेर प्रधानमन्त्रीले भन्नु भएको छ ।’













प्रतिक्रिया दिनुहोस्