काठमाडौं, चैत्र १०
प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरुले जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार भईरहेको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र जसपाका मागका विषयमा छलफल भईरहेको छ ।
प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुग्नु भएको छ । दुई पार्टीबीच निरन्तर छलफल भईरहेको र सहमतितर्फ उन्मुख रहेको दुवै तर्फका नेताहरुले जानकारी दिनुभएको छ ।
सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो । सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाईरहनु भएको छ । दुवै पक्ष सहमतिको नजिक रहेको पनि बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्