जनता टाइम्स

१२ चैत्र २०७७, बिहीबार १३:३०

काठमाडौं उपत्यका बाहिर चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण


चितवन, चैत १२

काठमाडौं उपत्यका बाहिर चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल रुपमा सम्पन्न भएको छ । अस्पतालमा आइतबार भरतपुर महानगरपालिका वडा नं. १० स्थायी घर भएको ५४ वर्षीय धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको हो । धनकुमारीलाई ३४ वर्षीया छोरीले कलेजो दिनुभएको थियो । अस्पतालका अनुसार विशेषज्ञ डा. सञ्जय यादव, डा. प्रविन जोशी, डा. जयन्त कुमार साह, डा. एकानन्द सिंह, डा. अभिषेक भट्टराईको टोलीले शल्याक्रिया गर्नुभएको हो ।

यस्तै, भारतको अपोलो अस्पतालका डा. निरभ गोयलले प्राविधिक सहयोग गर्नुभएको थियो । १२ घण्टा लगाएर गरिएको उक्त प्रत्यारोपणमा एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, डा. सुरेश गौतम डा. नविन यादव, हेपाटोलोजिष्ट डा. सागर पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सूमि कार्की, अस्मिता थापा, पष्पा थापा मगर, डा. बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, बायोमेडिकल इन्जिनियर प्रकास खतिवडा समेतको सहभागिता थियो