जनता टाइम्स

१३ चैत्र २०७७, शुक्रबार २१:०६

कांग्रेस नेता जोशीको निधन


काठमाडौं, चैत्र १३

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको नर्भिक अस्पतालले जानकारी दिएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका जोशीका आज राति निधन भएको हो ।

नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको जानकारी दिनुभयो । ५७ वर्षीय जोशीलाई ठिक एक महिना पहिले फागुन १४ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यसैबीच, एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जोशीप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । ‘कीर्तिपुर पढ्दाका सहपाठी, प्रजातान्त्रिक आन्दोलनका अनन्य मित्र तथा नेपाली कांग्रेसका युवा नेता नविन्द्रराज जोशिप्रति भावपूर्ण श्रद्धान्जली । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना’, पोखरेलले लेख्नु भएको छ ।