जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार १८:१५

भूकम्पबाट क्षतिग्रस्त भएका ६ हजार बढि विद्यालय पुनर्निर्माण


काठमाडौं, चैत्र २४

भूकम्पबाट प्रभावित भएका ६ हजार २ सय ४६ सरकारी विद्यालय पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालयको क्षति भएको थियो । त्यसमध्ये ६ हजार बढि पुनर्निर्माण भएका हुन् ।

प्राधिकरणका कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार १ हजार ३ सय ७ विद्यालयको पुनःनिर्माण भइरहेको छ । २०७२ वैशाख १२ गते गएको महाभूकम्पले देशभर धेरै विद्यालय तथा धनजन क्षति गरेको थियो ।