काठमाडौं, बैशाख ११ । पन्ध्र बर्षसम्म नेकपा एमालेको नेतृत्व गर्दै एकाधिकार चलाउनु भएका माधवकुमार नेपाल नै एमाले समाप्त पार्ने अभियानमा हुनुहुन्छ भन्दा धेरैलाई नपच्न सक्छ । तर नेपाल भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनअनुसार एमाले समाप्त पारेरै छाडने अभियानमा लाग्नुभएको बिभिन्न तथ्यहरुले प्रष्ट पारिदिएको छ ।
हाताहाती अध्यक्ष पद प्राप्तीका लागि नेपालले तात्कालिन नेकपामा प्रचण्डसँग मिलेर नेपालले अभियान चलाउनु भयो । जस्को परिणाम पुस ५ गते देखियो । आफूबिरुद्ध कू गर्न लागेको पूर्वसूचना पाएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गरिदिनु भयो । संसद बिघटनपछि फागुन ११ गतेसम्म प्रचण्ड र माधवले ओलीबिरुद्ध कसैले पनि बोल्नै नसक्ने र समाजले पचाउनै नसक्ने आरोप लगाउनु भयो । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि निकै हौसिएर लड्डु खाँदै भारतीय नेताहरुलाई हिन्दीमै प्रसन्नता ब्यक्त गर्नुभयो ।
ओलीको हार, तपाईं–हाम्रो जीत भन्दै खुसियाली मनाउनु भयो । सर्वाेच्चले फागुन २३ गते नेकपा नै खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूँताएपछि भने प्रचण्ड–माधवको सातो गयो । अध्यक्ष ओलीलाई केन्द्रीय कमिटीको बहुमतको नाममा साधरण सदस्यबाट समेत हटाउने र कहिल्यै ओलीसँग सहकार्य नगर्ने तथा सदस्यता नदिने सार्वजनिक घोषणाबीच एमाले ब्यूँतिएपछि माधवको निद हराम भयो । प्रचण्डसँग सल्लाह गरेर एमालेमा गएर ताण्डव मच्चाउने योजना बनाउनु भयो । ‘हामी त डिप लभमा थियौं, लिभिङ टुगेदरमै थियौं अदालतले डिभोर्स गरिदियो’ भन्ने प्रचण्डको बारम्बारको उदघोषबीच नेपाल र प्रचण्डबीच भएका झण्डै दुई दर्जन बार्ताले उहाँ एमाल सकाउने योजनासहित फर्किएको र जसरी पनि पार्टीको शक्ति क्षयीकरण गरी माओवादीमा बिलय हुने पूर्वघोषित योजनामा रहेको तथ्य बाहिर आयो ।
एमाले अध्यक्ष ओलीसँग मेरियट होटलमा भएको बार्तापछि भने माधव एमाले समाप्त पार्ने कसम खाएरै आएको प्रष्ट प्रमाण फेला पर्यो । नेता नेपालले प्रचण्डले भनेअनुसार नै माओवादी त्यागेर एमालेमा रहेका नेताहरुलाई अपमान गर्दै माओवादीमै फिर्ता पठाउने योजना सुनाउनु भयो । प्रस्तावका नाममा आएको नेपालको योजनाले अध्यक्ष ओली झस्कनु मात्र भएन, अव नेपालमुक्त एमालेको कल्पनासहित अघि बढनु भएको छ । सोही निश्कर्षका साथ बैशाख १० गते बसेको केन्द्रीय कमिटी बैठकले नेपाल समुहमा लागेका सवैलाई मुक्त गरी स्थायी कमिटी गठन भएको छ भने कार्यबिभाजनमा पनि नेपालले नेतृत्व गर्दै आउनु भएको बिदेश मामिला बिभागमा डा. राजन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने नेपाल समुहतिर लागेर एमालेलाई कमजोर बनाउने सवैलाई कुनै जिम्मेवारी तोकिएको छैन । यी सवै हुनुको पछाडि नेता नेपालनै जिम्मेवार रहेको पाइएको छ ।
माधवले प्रचण्डसामू एमाले समाप्त पार्ने कसम खाएको तथ्य फेला परेपछि प्रधानमन्त्री ओली कठोर बन्नुभएको स्रोतले जनताटाइम्सलाई बतायो । ‘केपी ओलीले बोलाउँदैमा म कहाँ जान्छु र ? त्यसलाई समाप्त पार्ने तपाईं हाम्रो साझा अठोट नै हो, जता रहे पनि ओली सकाउन लाग्नुपर्छ, केपी समाप्त पर्दा एमाले सकि हाल्छ, त्यसपछि तपाई हाम्रो राज चल्छ,’ प्रचण्डसामू माधवले खाएको यही कसमको प्रमाण फेला परेपछि अध्यक्ष ओलीले कठोर कदम चाल्न बाध्य हुनुपरेको स्रोतको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्