जनता टाइम्स

१३ बैशाख २०७८, सोमबार १२:१३

काठमाडौं उपत्यकामा विहिवारबाट लकडाउन !


काठमाडौं, बैशाख १३

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले विहिवारबाट लकडाउन गर्न प्रस्ताव गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जारी बैठकले बैशाख १६ गतेबाट दुई साता लकडाउन गर्न प्रस्ताव गरेका हुन् । यद्यपी पूर्ण निर्णय भईनसकेको एक अधिकारीले जानकारी दिनुभयो ।

१६ गतेबाट लकडाउन गर्ने निर्णय लगभग भएपनि के–के खुल्न दिने र के–के खुल्न नदिने भन्नेबारेमा छलफल भईरहेको ति अधिकारीले बताउनुभयो । उहाँका अनुसार पूर्ण लकडाउन गर्ने वा आंशिक गर्ने भन्नेबारेमा पनि छलफल भईरहेको बताउनुभयो । सीसीएमसीले भने १५ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।