काठमाडौं, बैशाख १९ । सत्तारुढ नेकपा एमालेले कोभिडविरुद्धको लडाईमा स्वयंसेवीको रुपमा परिचालित हुन समग्र पार्टी पंक्तिलाई आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको स्थायी कमिटी बैठकले कोरोना संक्रमणबाट जोगिदै जनतालाई बचाउनका लागि स्वयंसेवीका रुपमा खटिन पार्टीका सवै तहका कमिटीलाई आह्वान गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्थायी कमिटी बैठकमा कोभिड–१९ सङ्क्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारहरु, शैय्याहरु, खोप, उपकरण, अक्सिजन तथा अत्यावश्यक औषधिहरुको तत्काल थप प्रबन्धन गर्ने छलफल भएको थियो । यसका साथै कोभिड–१९ महामारीको यो विषम परिस्थतिमा अन्य तयारीहरु पनि तीव्ररुपमा अघि बढाउने निर्णय बैठकले गरेको छ ।













प्रतिक्रिया दिनुहोस्