जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार १७:४९

विश्वासको मत लिन प्रधानमन्त्री ओली असफल : पक्षमा ९३, विपक्षमा १२४ मत


काठमाडौं, बैशाख २७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न गरिएको पक्ष, विपक्षको मत खसेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल हुनुभएको हो । उहाँलाई पक्षमा ९३ र विपक्षमा १२४ जनाले मत दिएका थिए ।

संसदमा आज २३२ जना सांसद उपस्थित रहनुभएको थियो । १५ जना सांसदहरूले भने पक्ष वा विपक्ष दुवैतर्फ मत दिनुभएन । प्रधानमन्त्रीले यसअघि विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल र अन्य दलहरुले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएएका थिए ।