काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको बताउनुभयो । दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आफू दिक्क भएको पनि ओलीले बताउनुभयो ।
मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँ,’ शुक्रबार संम्पादकहरुसँगको अन्तरिक्रियामा ओलीले भन्नुभयो , ‘मलाई थप सरकार चलाउनु छैन । यस्तो असहयोगका बेला पनि सरकार चलाउन सकिन्छ । दिन दिनै बदनाम गरेको छ । चरित्र हत्या गरेको छ। विरोधका लागि विरोध गरेको छ।’ ओलीले आफूलाई सरकार चलाउन मन नभएकाले राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्न सिफारिस गरेको बताउनुभयो । ‘चलाउने भए मैले विश्वासको मत माग्नुपथ्र्यो,’ ओलीले भन्नुभयो , ‘ यति धेरै हदैसम्मको असहयोग भएपछि र बिश्वासको मत पनि नपाउने अवस्था रहेपछि मलाई सरकार चलाउनु छैन, त्यसकरण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्नुहोस् भने ।’ यद्यपि ओलीले नयाँ प्रक्रियामा सरकारको दावी भने गर्ने बताउनुभयो ।
‘म दावी गर्ने पक्षमा छु,’ उहाँले भन्नुभयो , ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’ विश्वासको मत नपाए संसद विघटन भएर चुनावमा जाने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्