जनता टाइम्स

१३ जेष्ठ २०७८, बिहीबार १७:४५

देउवा–प्रचण्डको निश्कर्ष : अदालतलाई धम्क्याएर आफ्नो पक्षमा फैसला दिन बाध्य पार्नुपर्छ


काठमाडौं, जेठ १३ । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै धावा बोल्दै निर्दलीय अभ्याश स्थापित गराउन लागेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धन फेरि पनि अदालतलाई धम्क्याएर आफ्नो पक्षमा फैसला दिन बाध्य पार्ने निश्कर्षसहित अभियान थालेको छ ।

आफ्नो पदीय आकांक्षा पूरा गर्न जस्तोसुकै हर्कत गर्न पछि नपर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निश्काशित नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको उक्साहटमा परेर कांग्रेस सभापति देउवासमेत अव पार्टीको नीति र बिचारलाई तिलाञ्जली दिएर अदालतलाई धम्क्याउने बाटोमा अग्रसर हुनुभएको हो । अहिलेसम्म अदालतको निर्णय स्वीकार गर्ने अडान राख्दै आउनु भएका देउवा संबिधान भन्दा बाहिर गएर सत्तारुढ दलको सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्री बन्न निवेदन दिएपछि अव गैर संबैधानिक रुपमा सत्ता हत्याउन जस्तोसुकै हर्कत गर्न तयार हुनुभएको हो । अबैधानिक रुपमा सत्ता हत्याउने प्रचण्ड र माधव समुहको लामो समयदेखिको अभियानमा सामेल हुँदै देउवा समेत अव अदालत धम्क्याउने अभियानको सहयात्री मात्रै नभई नेतृत्वकर्ता बन्नुभएको हो ।

देउवामाथि गत मंसिरमै लोकतन्त्रबिरुद्ध उभिन दवाव परेको र अहिले आएर सोही दवावसामू झुकेर लोकतन्त्रकै बिरुद्ध नेतृत्व गरेको तथ्य कांग्रेसकै बुद्धिजीवि तथा नेताहरुले सार्वजनिक गरिसक्नु भएको छ । बुढानिलकण्ठ स्रोतका अनुसार राष्टपति समक्ष प्रधानमन्त्रीको दावी गर्ने बिषयमा छलफल हुँदा नै अन्य दलको सांसदको हस्ताक्षर लिएर दावीगर्न जानु अनैतिक र ब्यवस्थाबिरोधी काम हुने कुरा उठेको थियो । तर प्रचण्ड र माधव नेपालले बैधानिक बाटोबाट मात्रै अघि बढदा प्रधानमन्त्री केपी शर्मा ओली नै कायम रहने र चुनाव हुने भन्दै आफूहरुको गठबन्धनको नेतृत्वमा सरकार गठन गरी चुनावमा जाने सहमति गरी राष्टपति समक्ष प्रधानमन्त्रीको दावा पेश गरिएको हो ।

‘चुनावमा त जाने निश्चित नै हो, ओलीलाई हराउनका लागि सरकारको नेतृत्व आफूले लिएर मात्रै चुनावमा जानुपर्छ भन्ने निचोडसहित बैकल्पिक सरकारको दावी र एमाले सांसदको हस्ताक्षर प्रयोग गरिएको हो,’ देउवा निकट एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्डले चुनावमा जाँदा सत्ताको कति धेरै महत्व हुन्छ भन्ने कुरा भरतपुरको घटना संझन भनेपछि देउवा यस्तो अबैधानिक बाटोबाट हिडन तयार हुनुभएको हो । तत्कालिन कांग्रेस माओवादी गठबन्धन सरकारको बेला भएको स्थानीय तहको निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरी मतपत्र च्यातेर पराजीत भइसक्नु भएकी प्रचण्डपुत्री रेनू दाहाललाई मेयरमा जिताइएको थियो ।

त्यसो त २०५४ सालको स्थानीय तहको निर्वाचनबाहेक नेपाली कांग्रेस अहिलेसम्म बिपक्षमा बसेर चुनाव लडेको छैन । सधै सत्तामा रहेर चुनाव गराउने आद्धत परेको कारण देउवाले पार्टीकै आदर्शबाट च्यूत हुँदै अबैधानिक रुपमा सत्तामा पुगेर चुनाव गराउने सपना देख्नुभएको हो । यस्तो सपना पूरा गराउन उहाँले आफ्नो पदीइ आकांक्षा पूरा गर्न सारथी १७ हजार जनताको जीवन गुमाउन बाध्य पार्ने खलनायक प्रचण्ड र पदबिना बाँच्नै नसक्ने माधवलाई बैसाखीका रुपमा प्रयोग गर्नुभएको छ । स्रोतका अनुसार चार नेताको बैठकमा समेत अदालतलाई धम्की दिएर आफूहरुको योजना सफल बनाउनु पर्ने निश्कर्ष देउवा, प्रचण्ड, माधव र उपेन्द्रले निकाल्नु भएको छ ।

सोही योजनाअनुसार नेपाल पत्रकार महासंघ, देपाल बारदेखि पूर्वप्रधानन्यायाधीशहरुको बक्तब्य दिन लगाउने क्रम सुरु भएको छ । ‘सवैतिर रहेका आफ्ना मान्छे प्रयोग गरेर अदालतलाई दवाव दिने र आफ्नो पक्षमा फैसला गर्न बाध्य पार्ने प्रष्ट योजना बनिसकेको छ, त्यसैअनुसार पत्रकार महासंघदेखि बारसम्मको बक्तब्य आएको हो,’ कांग्रेस निकट एक पत्रकारले जनताटाइम्ससँग भने । त्यसो त नेपाल प्रेस युनियनका पूर्वमहासचिव बिन्दुकान्त घिमिरेले एक अनलाइनमार्फत देउवा गणतन्त्रबिरुद्ध जान तयार भएको लामो कथा नै सार्वजनिक गर्नुभएको छ ।

यही योजनाअनुसार सभामुख अग्नि सापकोटालाई समेत सक्रिय बनाइएको छ । देउवा र प्रचण्डको योजनाअनुसार सापकोटाले आज सुझावको नाममा आफू निकट कानून ब्यवसायी बोलाएर असंबैधानिक काम गर्ने घोषणा गर्नुभएको छ । सापकोटाले जस्तोसुकै कदम चाल्ने भन्दै अदालतलाई धम्क्याउने काम गर्नुभएको छ भने महान्यायाधिबक्ताको कुर्सीमा रहँदा सवै गैरसंबैधानिक काम गर्नुभएका अधिबक्ता रमन श्रेष्ठले अदालतको फैसला कुर्दा सवै बिग्रने भन्दै तत्कालै असंबैधानिक काम गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

श्रेष्ठको सोही प्रस्तावका आधारमा सापकोटाले यस्तो धम्की दिनुभएको हो । संबिधानअनुसार अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने र राष्ट्रपतिबिरुद्ध निर्णय दिने आधार नरहेको निश्कर्षसहित बिपक्षी गठबन्धन अदालतलाई नै धम्क्याएर आफ्नो पक्षमा निर्णय गर्न बाध्य पार्ने योजनामा लागेको हो ।