जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १०:२९

संवैधानिक इजलास गठन, यी हुन प्रधानन्यायाधीशले छानेका चार न्यायाधीश


काठमाडौं, जेठ १४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिट सुनुवाइ गर्न संवैधानि इजलास गठन गर्नुभएको छ । प्रधानन्यायाधीश जवराले आफ्नै नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास वगठन गर्नुभएको हो ।

इजलाशमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ । प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले बनाएको सूचीबाट चार जना न्यायाधीश छनोट गर्नुभएको हो ।

आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै संबैधानिक इजलासमा पठाउनु भएको थियो ।