रामेछाप, जेठ २०
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिएसँगै रामेछापको खाँडादेवी प्रगतिशील युवा समाजले पकरबास स्वास्थ्यचौकीलाई अक्सिजनसहित मेडिकल सामग्री हस्तान्तरण गरेको छ । प्रगतिशील युवा समाजको अगुवाइमा खाँडादेवी प्रगतिशील विपत् कोषबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि खाँडादेवी–५ स्थित पकरबास स्वास्थ्यचौकीलाई हिजो मेडिकल स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अध्यक्ष राकेश श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिलेको अवस्थालाई मध्येनजर गरेर अक्सिजन कन्सन्ट्रेटर दुई थान, इलेक्ट्रोनिक औजार सफा गर्ने अटोकेल्भ एक थान, स्यानिटाइजरसहितका सामग्री सहयोग गरेका हौं ।’ यता खाँडादेवी गाउँपालिकाको उपाध्यक्ष मखमली श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिनुभयो ।

उहाँले सामूहिक प्रयासबाटै महामारीलाई परास्त गर्न सकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमणलाई एक व्यक्तिले मात्रै परान्त गर्न सकिँदैन, यसमा सबैको सामूहिक प्रयासले नै हामीले रोगलाई परास्त गर्न सक्छौं ।।’ उहाँले थप्नुभयो,‘अब हाम्रो पालिकामा अक्सिजनविना कोही संक्रमितको पनि अकालमा ज्यान जाँदैन, पालिकाले उपचारका लागि आवश्यक प्रबन्ध मिलाएको छ र सहयोगी हातहरुले पनि सहयोग गर्दै आउनुभएको छ ।’














प्रतिक्रिया दिनुहोस्