जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार १८:०९

यी हुन ओली सरकारमा सहभागी जसपाका १० मन्त्री


काठमाडौं, जेठ २१ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनु भएको छ । अध्यक्ष ठाकुरले बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णयसहित आठ मन्त्री र दुई राज्यमन्त्रीको नाम प्रधानमन्त्री ओलीलाई बुझाउनु भएको हो ।

जसपाको निर्णयअनुसार महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्नु हुनेछ । यसैगरी शरतसिंह भण्डारीले ऊर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया वन, लक्ष्मणलाल कर्ण भूमिसुधार, चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नुहुनेछ ।

यसैगरी चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।