काठमाडौं, जेठ २३ । एमालेबाट निश्काशित पूर्वबरिष्ठ नेता माधव नेपाल गुटको स्थायी समिति बैठकले एकताको ढोका बन्द गरेको छ । संगठन निर्माणमा सक्रिय बन्न कार्यकर्तालाई आह्वान गर्दै नेपाल समुहले अव एमालेमा नरहने निर्णय लिएको हो ।
नेपाल गुटको स्थायी समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीमाथि आपत्तिजनक आरोपको बर्षा गर्दै माओवादी र कांग्रेसको बचाउ गरेको छ । यस्तै सो समुहले ‘पार्टी एकताको नाममा हुने प्रचारको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह’ समेत गरेको छ । ‘आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रूपमा संगठन निर्माणको काममा सक्रिय रहन उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई र सदस्यहरुलाई आह्वान गर्दछौं’, बैठकको निर्णयमा भनिएको छ ।
नेपाल समुह पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने र सत्ताको चावी जसरी पनि कांग्रेसलाई नै दिनुपर्ने निश्कर्षमा छ । सोही निश्कर्षका आधारमा आफ्नो बिगतको सवै काममाथि कालो पोत्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ । माधव समुहको बैठकले पार्टी अध्यक्षको बिरुद्धमा देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षरको बचाउ गर्दै आफूहरुमा ‘इमान सकिएको’ घोषणा पनि गरेको छ । कांग्रेस र माओवादीको प्यादा बनेर अघि बढेको नेपाल गुटको बैठकले स्पष्टीकरण, निलम्बन र निष्काशनलगायतका सबै कारबाहीलाई तत्काल खारेज गर्न माग पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्