काठमाडौँ, असार १ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्वा–स्तविक र लुकेको । समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँलेसँग झगडा पर्दा सुर्खेतका गाउँलेले टाउको फुटाइदिएका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पुरानो ऋण नतिरेको आरोप छ ।
शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट हुनुभएको हो । २०७४ सालताका उहाँले अरु तीन जनासँग मिलेर काठमाडौंमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गर्नुभएको थियो । काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो । केही समयपछि उहाँले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाल्नुभयो ।
त्यहि समय पार्टनरबीच किचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो । तर शाहीले भने अब व्यापार आफैँ गर्ने भन्दै सवारी साधनको पछाडि भागमा चामल, विद्युतीय सामान, थर्मस र कपडा राखेर चोक चोकमा बिक्री गर्न थाल्नुभयो । त्यहि क्रममा कालिमाटीमा जय पशुपतिनाथ सप्लायर्सबाट २०७५ सालमा ८ सय ४० बोरा चामल उठाउनुभयो । जसको मूल्य झण्डै नौ लाख रुपैयाँ भएको सप्लायर्सका प्रोप्राइटर अरविन्द अग्रहरीले बताउनुहुन्छ । त्यसबेलाको नौ लाख रुपैयाँको न साँवा,न ब्याज नदिई व्यापारीलाई हालसम्म चिल्लीबिल्ली पार्नुभएका शाही दुखीलाई न्याय दिलाउने अहिलेका सामाजिक अभियन्ता भन्दै हिड्नुभएको छ । अग्रहरीलगायतका व्यापारीले पटक पटक आफ्नो रकम भुक्तानी गर्न आग्रह गरेपछि शाहीले लामो समयसम्म उनीहरुको फोनै ब्लक गर्नुभएको छ ।

यदाकदा फोन उठाएर पुरानो रकम तिर्छु भनेपनि शाहीले तीन वर्षसम्म झुक्याएको उहाँहरु बताउँनुहुन्छ । अहिले पनि भाखा मात्र सार्ने शाहीले पैसा तिर्न आनाकानी गरेपछि व्यापारीहरुले प्रहरी प्रशासन गुहार्न लागेका छन् ।अग्रहरीलाई उहाँले एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक भिडाउनुभएको छ । तर,पैसा नभएको खाताको उक्त चेकको कुनै अर्थ नभएको उहाँले संचारमाध्यमलाई बताउनुभएको हो । शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काट्नुभएको छ ।

तर,त्यसको कुनै उपादेयता नभएपछि व्यापारीले उहाँलाई पटक पटक फोन समेत गनर््ुभएको थियो । शाहीले फोनमा पैसा दिन्छु भन्ने तर नदिने प्रवृत्ति देखाएपछि आफू कानुनी उपचारमा जानुको विकल्प नरहेको अग्रहरी बताउनुहुन्छ। यसअघि शाहीको कुपण्डोलस्थित कार्यालयमा समेत सम्पर्क राख्दा फोन नउठाएको तर पिएमार्फत् रेडिमेड जवाफ दिएर शाही धेरै पटक उम्केको उहाँ बताउनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्