जनता टाइम्स

२ असार २०७८, बुधबार १६:०८

विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को आकस्मिक बैठक सुरु, तत्काल उद्धार तथा राहतका लागि निर्णय


काठमाडौं, असार २

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ । गएरातिदेखि परिरहेको बाढी तथा पहिरोले देशभरका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो । बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने प्रतिकार्यको विषयमा पनि निर्णय हुने बताइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अध्यक्ष अनिल पोखरेललगायत सहभागी हुने जनाईएको छ । यसअघि बिहान १० बजे विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको थियो ।