जनता टाइम्स

७ असार २०७८, सोमबार १४:१८

सपिङ मल कति बजे, कुन–कुन बार खोल्न पाइन्छ ?


काठमाडौं, असार ७

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय ७ दिन थप गरिएको छ । उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको हिजो बसेको बैठकले जनजीवनमा केही सहज हुने गरि खुकुलो बनाउँदै स्मार्ट लकडाउन हुने निष्कर्ष निकालेको थियो । बैठकले असार १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार, बुधबार र शुक्रबार

विहान ११ देखि ४ बजेसम्म डिपार्टमेन्टल स्टोर (ग्रोसरीबाहेक), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सञ्चालन गर्न पाइने भएको छ ।

आइतबार, मंगलबार र बिहीबार

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सुन पसल, भाँडा, भान्साजन्य, विद्युतिय घरायसी सामग्री, अटोमाबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्यूटर पसल) आइतबार, मंगलबार, बिहीबार विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न सकिने छ । यसैगरी निर्माणजन्य सामग्रीको पसल हार्डवेयर पसल, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर दैनिक बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।