जनता टाइम्स

९ असार २०७८, बुधबार १४:१३

डा. चाँदनी वैद्यको ५३ वर्षको उमेरमा निधन


काठमाडौं, असार ९

भक्तपुर क्यान्सर अस्पतालमा प्यानियाट्रिक केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा. चाँदनी वैद्यको ५३ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्तन क्यान्सरबाट पीडित उहाँको १५ वर्षअघि शल्यक्रिया गरिएको थियो ।

पछिल्लो समय उहाँको क्यान्सर सर्दै गएर कलेजोमा असर गरेको थियो । डा. वैद्य १३ वर्षदेखि भक्तपुरमा क्यान्सर अस्पतालमा प्यानियाट्रिक केयरको इन्चार्ज हुनुहन्थ्यो । त्यसअघि उहाँले वीर अस्पतालको नेफ्रोलोजी विभागका रहेर काम गर्नुभएको थियो । केही समय भक्तपुरको सिद्धि स्मृति अस्पतालमा समेत काम गर्नुभएको थियो ।