काठमाडौं, असार १२ । कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतबाट सिधै आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिनुपर्ने घोषणा गर्नुभएको छ । आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएका देउवाले काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो माग गर्नुभएको हो ।
‘अदालतले मलाई प्रधानमन्त्री बनाउ भनेर राष्ट्रपतिलाई आदेश दिनुपर्छ,’ देउवाको भनाई थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेकोप्रति देउवाले निकै आक्रोश समेत पोख्नुभयो । एमाले सांंसदको हस्ताक्षर लिएर प्रधानमन्त्री दावी गर्नुभएका देउवाले पत्रकार सम्मेलनमा निर्दलीयताकै वकालत गर्नुभयो ।
भारतको उदाहरण दिँदै देउवाले भन्नुभयो, ‘साँसदको सनाखत गर्नुपथ्र्याे, परेड गराउन सक्नुहुन्थ्यो । आधार प्रस्तुत गरेपछि स्पष्ट संविधानमा छ प्रक्रिया तर संविधान मिच्ने मान्छेले के संविधान जोगाउछ ?’ देउवाको आक्रोश थियो ।













प्रतिक्रिया दिनुहोस्