काठमाडौं, असार १४ । काठमाडौं उपत्यकामा मंगलवारदेखि किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् । तीनओटै जिल्ला प्रशासन कार्यालयले यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरेको हो ।
आज बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । निर्णयअनुसार यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने छन् ।
बैठकले सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय गरेको ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । यस्तै अन्य ब्यवसायलाई पनि थप खुकुलो बनाइएको उहाँले जानकारी दिनुभयो । बैठकले उपत्यकामा निषेधाज्ञा भने थप एकसाता लम्ब्याउने निर्णय लिएको छ ।













प्रतिक्रिया दिनुहोस्