जनता टाइम्स

२२ असार २०७८, मंगलवार १३:१५

प्रचण्डले खोले सर्वाेच्चको फैसालाबारे पूर्वजानकार रहेको रहष्य


जनकपुर, असार २२

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले प्रतिनिधिसभा बिघटन र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको मागसहित दायर रिटमा आउने फैसलाबारे पूर्वजानकारी गराउनु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाललेसर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने ठोकुवासहित अदालतको फैसलाबारे पूर्वजानकार रहेको तथ्य खोल्नुभएको हो ।

उहाँले यसअघि मन्त्रिपरिषद पुनर्गठनको बिषयमा फैसला आउनु अघिल्लो दिननै जानकारी दिनुभएको थियो । प्रचण्डकै घोषणाअनुसार भोलिपल्ट सर्वाेच्च अदालतले बिगतमा आफैले गरेको निर्णयबिपरित मन्त्रिपरिषद पुनर्गठन बदर गरेको थियो । आगामी असार २८ गते प्रतिनिधिसभा बिघटन र प्रधानमन्त्री नियुक्ति प्रकरणको फैसला आउने मिति तय भएको भोलिपल्ट आज प्रचण्डले जनकपुरबाट अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने पक्का रहेको भन्दै अदालतको फैसलाबारे पूर्वजानकारी दिनुभएको हो ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आइपुग्नु भएका प्रचण्डले सर्वोच्चले आफूहरूले भनेजस्तै फैसला गर्ने भन्दै सेटिङ भइसकेको रहष्य खोल्नुभयो । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्डको ठोकुवा थियो । सर्वोच्चको फैसलाबारे प्रचण्डले भन्नुभयो, ‘ढुक्क हुनोस सर्वाेच्चबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ,’ प्रचण्डको ठोकुवा थियो ।