काठमाडौं, असार २८ । नेकपा एमालेको बिवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति बरिष्ठ नेता माधव कुमार नेपालले तीन बुँदै असहमति प्रकट गर्नुभएको छ ।
पार्टी एकता जोगाउँदै कार्यदलले सहमति गरेलगत्तै नेपालले असहमति जनाउनु भएको हो । उहाँले रातारात सम्झौता गरिएकोमा आशंका उत्पन्न भएको भन्दै असहमति जनाउनु भएको हो ।
यस्तो छ नेपालको तीन बुँदे असहमति
१. रातारात यसरी हतार गरेर सहमति गर्न जरुरी थिएन, भोलि उज्यालोमा गरेको भए पनि हुन्थ्यो । रातारात गरिएको सहमतिले आम कार्यकर्तामा आशंका जन्माएको छ ।
२. अदालतमा विचाराधीन मुद्दाका बारेमा यसलाई ‘मिस इन्न्टरप्रिटेसन’ (अपव्याख्या) र ‘मिसयुज’ दुरुपयोग नगरियोस् । अदालतलाई प्रभावित बनाउने कुनै पनि गतिविधि मान्य हुँदैन । त्यसलाई म कुनै पनि हालतमा मान्दिनँ । मैले यसलाई मेरो बटमलाइन हो भन्दै आएको छु ।
३.तेस्रो– सबै समस्याहरूको ‘स्टेप बाई स्टेप’ गर्ने कामहरुको विषयमा स्पष्टता नभइकन हल्कारुपमा सहमति भयो, सहमति भयो भनेका भरमा दिगो एकता हुन सक्दैन, त्यस्तो अस्पष्ट कुरालाई सहमति भएको मान्न्न सकिँदैन ।














प्रतिक्रिया दिनुहोस्