जनता टाइम्स

२८ असार २०७८, सोमबार १६:५२

आज २३७० जनामा कोरोना पुष्टि, १८ जनाको गयो ज्यान


काठमाडौं, असार २८

नेपालमा आज २ हजार ३७० कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।

गत २४ घण्टामा १ हजार १३३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ। आज कोरोना संक्रमणका कारण १८ जनाले आफ्नो ज्यान गुमाउनुभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।