ओलीलाई सत्ताबाट गलहत्याउने काम तीन जना नेताले गर्न सफल भएका छन् । तर दुःखका साथ भन्नुपर्छ तीनैजना नेताको नियति शरिर फोहोर हुँदा पानीको ठाउँमा पिसाबले नुहाएको जस्तो बनेको छ । सौताको रिसले आफ्नै खुट्टामा बञ्चरो हाने जस्तै तीनैजना नेताले आफ्नै खुट्टामा हानेका छन् । वर्गीय हिसाबमा फरक दृष्टिकोण राख्ने समूहलाई हिरो बनाउने काम गरेर जेजति पछिल्लो खेलमा लागेका छन्, उनीहरु राजनीतिक बृत्तमा अब क्रमशः हराउँदै जानेछन
सविन प्रियासन
विभिन्न आरोह अबरोहलाई पार गराउँदै नेकपा एमाले यतिबेला नेपालकै ठूलो अनि सर्वाधिक शक्तिशालि पार्टी बनेको छ । कुनै दिन नेपाली कांग्रेस नेकपा एमालेको अवस्थामा थियो । निर्वाचनमा नेपाली कांग्रेस सबै भन्दा ठूलो दल सधैजसो हुन्थ्यो । उसको बिरुद्धमा अन्य बाँकी सबै दल एकै ठाउँमा उभिन्थे । लोकतन्त्र बाहालिपछि नेकपा माओवादी पनि सबैभन्दा ठूलो दल बनेको थियो । त्यतिबेला पनि कांग्रेस र एमाले एकै ठाउँमा उभिएर माओवादीको बिरुद्धमा अगाडि बढेका थिए । यतिबेला स्थिति ठिक उल्टो छ । एमालेका बिरुद्धमा सबैजसो दल एवं आफ्नै पार्टीका केही असन्तुष्ट नेताहरु समेत यतिबेला एकै ठाउँमा छन् । जसको फलस्वरुप एमाले सत्ताबाट बाहिरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट प्रतिपक्ष दलको नेताको कुर्सीमा आईपुग्नु भएको छ ।
राजनीतिमा हर कुरा सम्भव छ भने जस्तै लामो समयको मेहनत, परिश्रम एव लगनशिलताबाट एमाले मुलुककै ठूलो पार्टी बनेको छ । यसको पछाडि एमाले अध्यक्ष केपी शर्मा ओलीको कौशलताले मुख्य काम गरेको छ । पार्टीलाई जुन किसिमले ओलीले उचाईमा पुर्याए, आफ्नो कद पनि चौतर्फी चुल्लाए । जसले गर्दा आफ्नै पार्टीका प्रतिष्पर्धी नेता एवं अन्य पार्टीका नेताहरु ओलीप्रति तीब्र असन्तुष्ट बने । ओलीले अन्र्तराष्ट्रिय स्तरमा समेत नेपाललाई सबै कोणबाट अगाडी पुर्याउनु भयो । यही कारणले गर्दा एमालेलाई लामो समय नेतृत्व गरेर पनि पार्टीलाई बलियो बनाउन नसकेका माधव नेपाल, झलनाथ खनाललगायतका केही लालची नेताहरु फरक दृष्टिकोण राख्ने दलसँग दरिलो सहकार्यमा उत्रिए ।
जसले गर्दा यतिबेला ओली सत्ता बाहिर छन् । नेकपा एमाले सत्तामा बसेपनि प्रतिपक्ष भएपनि मुलुकको सर्वाधिक ठूलो पार्टी अहिले पनि छ । प्रम शेरबहादुर देउवाको पक्षमा जति सुकै मत सदनमा खसेपनि दलगतरुपमा एमाले बराबर अहिले पनि कुनै दलको मत छैन । सत्ताबाट बाहिरिदैमा एमाले आत्ति हाल्निुपर्ने अवस्था छैन । एमाले लामो संघर्षबाट खारिएको पार्टी भएकाले अहिलेको अराजक खेललाई सुझबुझपुर्ण तरिकाले सुल्झाउन सकेमा एमाले आउँदा दिनहरुमा पनि बलियो शक्तिकै रुपमा राजनीतिक बृत्तभित्र रहनेछ ।
एमाले यतिबेला विशेषगरी आफ्नै पार्टीभित्र खुराफात गर्ने तप्कालाई कसरी तह लगाउन सकिन्छ भन्ने छलफलमा केन्द्रित छ । एमालेको सरकार भैदिएको भए सायद पार्टीभित्र खुराफात गर्नेहरुलाई थामथुम पार्दै अगाडि बढ्ने अवस्थामा हुने थियो । अब प्रतिपक्षमा पुगिसकेकाले विशेष गरी माधव नेपाल, झलनाथ खनाल अनि एमालेलाई थाङ्नामा सुताउने गरी फरक पार्टीलाई मत दिने सांसदहरुलाई एमालेले अब पार्टीको कुनै पनि जिम्मेवारीमा राख्न ठिक छैन । आफ्नै पार्टीको बिरुद्धमा विषवमन गर्ने, अराजक गतिविधिहरु गर्ने नेता, सांसदहरु क्यान्सर लागेका हात खुट्टा जस्तै हुन । उनीहरुलाई औषधी उपचारबाट निको बनाउन नसक्दा आफैसँग राखिरहन्छु भन्दा ज्याननै जान्छ । तसर्थ यस्ता काम नलाग्ने अंगहरुलाई समयमै अप्रेशण गरेर शरिरबाट अलग बनाउनु पर्छ । एमालेले अब पनि यस्ता कुपात्रहरुलाई पार्टीबाट निकाल्न सकेन भने भोलिका दिनहरुमा पार्टी अझै कमजोर हुनेछ ।
मुलुक दलीय व्यवस्था अन्तर्गत अगाडि बढिरहेको छ । कुनै कुनै अवस्था बाहेक सबै कुरा दलीय बिधी पद्दतीबाट मुलुक अगाडि बढ्छ, बढ्नुपर्छ । निर्दलीयतालाई नेपालको संविधानले समेत स्विकार गर्दैन । यस्तो अवस्थामा पछिल्ला गतिविधिहरुबाट मुलुकको दलीय व्यवस्था नै कमजोर हुन्छ कि भन्ने आशंकाहरु बढिरहेका छन् । यस प्रकारको अवस्था आउनु अत्यन्त दुःखद पक्ष हो । अहिलेसम्म जेजस्तो अवस्थामा मुलुक पुगेपनि अब सम्हाल्नु ठूलो कुरा हो । प्रतिपक्षमा बसेपनि मुलुकको ठूलो दलको हैसियतले नेकपा एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने, अनि पार्टीलाई सुद्धिकरण गर्र्दै अबको डेढ वर्षभित्र हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्छ । हिँजोका दिनहरुमा एमालेभित्र दुई ध्रुब थियो । पार्टीमा बलियो हुँदा हुँदै पनि माधव नेपाल समूहलाई खुसी बनाउने नाममा हरेक निर्वाचनमा टिकट दिएको अवस्था हिँजो हो । हिँजो सन्तुलनकारी भूमिका निर्वाह गर्न खोज्दा आज एमालेले ठूलो घातअन्र्तघात व्यहोर्नु परेको छ ।
यतिबेला एमालेलाई समूह, गुट मुक्त बनाउने अबसर प्राप्त भएको छ । पार्टीमा माधव समूहको नाममा अराजकता फैलाउनेहरुलाई समयमै पाखा लगाएर एमालेको नीति, सिद्धान्त, विचारमा अडिक रहने नेता कार्यकर्तालाई आउने निर्वाचनमा टिकट दिन सकेमा एमालेले जेजति उपलव्धी हाँसिल गर्ला, जहाँ पार्टी उभिएपनि एक ढिक्का भएर उभिने अवस्था आउनेछ । अन्यथा अब पनि हिँजोको जस्तै खुराफातको पहाड निर्माण गर्नेहरुलाई पनि सन्तुलन मिलाउने नाममा पार्टीभित्र जिम्मेवारी दिने, त्यो समूहलाई बलियो बनाउने काम गरियो भने एमाले आउँदा दिनमा अझै कमजोर हुनेछ ।
कुनैकुनै घटना एवं हारले नजानिदो पाराबाट राम्रै काम गरेको हुन्छ । करिव डेढ वर्ष कार्यकाल हुँदा हुँदै सत्ताबाट बाहिरिनु परेका नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रम केपी शर्मा ओलीलाई यतिबेला त्यस्तै भएको छ । केपी ओली राजनीतिबाट सन्याश लिने मुढमै हुनुहुन्थ्यो । यदि उहाँले राम्रो तरिकाले महाधिवेशन नहुँदासम्म दलको अध्यक्ष र निर्वाचन नहुँदासम्म सरकारको नेतृत्व गर्न पाएको भए आउँदा दिनहरुमा केपी शर्मा ओली सक्रिय राजनीतिबाट बिदा लिनुहुने थियो । तर समयले ओलीलाई राजनीतिक बृत्तमा फेरि पनि नेतृत्वमा रहन बाध्य बनाएको छ । विगतमा ९ महिना र अहिले साढे तीन वर्ष सत्ताको नेतृत्व गर्दा ओलीले आफ्नो सम्पूर्ण शक्ति लगाएर सरकारको नेतृत्व गर्न पाउनु भएन । पार्टीभित्रको तीव्र असहयोगका बाबजुद पनि उहाँले दुबै कार्यकालमा देशका लागि धेरै राम्रा कामहरु गर्नुभएको छ । तसर्थ ओलीको अबको पुनरागमन पार्टीमा एकतासहितको हुनेछ । आउँदा दिनहरुमा एमालेले सत्ताको नेतृत्व गर्ने अबसर प्राप्त गरेछ भने सहयोगी पार्टीको साथमा केपी ओली प्रम बन्नु हुनेछ । त्यतिबेला ओलीले अहिलेको भन्दा पनि धेरै काम देशका लागि गर्नुहुनेछ ।
राजनीतिमा त्याग, समर्पण अनि धैर्यता आबश्यक छ । यी सबै कुराहरुको संयोजन हुन सक्यो भने मात्र राजनीतिमा सफल भइन्छ । केपी शर्मा ओलीले राजनेताको हैसियत त्यतिकै बनाउनु भएको होइन । पछिल्ला घटनाक्रमहरु अगाडि बढिरहँदा माओवादी अध्यक्ष प्रचण्ड, एमालेलाई विगतमा १५ वर्ष नेतृत्व गरेका माधव नेपाल र पार्टीको नेतृत्व गरिसकेका झलनाथ खनालमा धैर्यता नभएको देखियो । तीनै जना नेताहरुले दुई वर्ष पनि पर्खन सकेनन । जसले गर्दा एमाले अध्यक्ष ओलीलाई हटाउनका लागि तीनै जना नेताहरु साम दाम, दण्डभेदको रणनीतिमा उत्रिनु भयो । तीनै जना यतिबेला सफल पनि हुनुभएको छ । ओलीलाई सत्ताबाट गलहत्याउने काम तीन जना नेताले गर्न सफल भएका छन् । तर दुःखका साथ भन्नुपर्छ तीनैजना नेताको नियति शरिर फोहोर हुँदा पानीको ठाउँमा पिसाबले नुहाएको जस्तो बनेको छ । सौताको रिसले आफ्नै खुट्टामा बञ्चरो हाने जस्तै तीनैजना नेताले आफ्नै खुट्टामा हानेका छन् । वर्गीय हिसाबमा फरक दृष्टिकोण राख्ने समूहलाई हिरो बनाउने काम गरेर जेजति पछिल्लो खेलमा लागेका छन्, उनीहरु राजनीतिक बृत्तमा अब क्रमशः हराउँदै जानेछन ।
नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्ने अकल्पनीय अबसर पाएको छ । यसको लागि ऊ बधाईको पात्र छ । सरकारमा बस्दा केही राम्रो काम गरेछ भने अहिले भन्दा कांग्रेस भोलिका दिनहरुमा बलियो नै होला । तर ओलीलाई सत्ताबाट बाहिर निकाल्ने खेलमा लागेका कम्युनिष्ट नेता एवं दलहरुलाई भने भोलिका दिनमा राजनीतिक बृत्तभित्र खोज्नुपर्नेछ । नेकपा एमालेलाई घेराबन्दीमा पार्नका लागि भोलिका दिनहरुमा चुनावी मोर्चा बनाए पनि भविष्यमा प्रधानमन्त्री हुने भनेको नेपाली कांग्रेसबाटै हो । अरु सबै पिछलग्गु हुन । नेकपा एमाले एक्लै निर्वाचनमा उठेर जित्दै शानसँग देशको नेतृत्व गर्नेछ । हारेमा पनि बलियो प्रतिपक्ष बनेर अगाडि बढ्नेछ ।
राजनीतिमा हर कुरा सम्भव छ भने जस्तै लामो समयको मेहनत, परिश्रम एव लगनशिलताबाट एमाले मुलुककै ठूलो पार्टी बनेको छ । यसको पछाडि एमाले अध्यक्ष केपी शर्मा ओलीको कौशलताले मुख्य काम गरेको छ । पार्टीलाई जुन किसिमले ओलीले उचाईमा पुर्याए, आफ्नो कद पनि चौतर्फी चुल्लाए । जसले गर्दा आफ्नै पार्टीका प्रतिष्पर्धी नेता एवं अन्य पार्टीका नेताहरु ओलीप्रति तीब्र असन्तुष्ट बने । ओलीले अन्र्तराष्ट्रिय स्तरमा समेत नेपाललाई सबै कोणबाट अगाडी पुर्याउनु भयो । यही कारणले गर्दा एमालेलाई लामो समय नेतृत्व गरेर पनि पार्टीलाई बलियो बनाउन नसकेका माधव नेपाल, झलनाथ खनाललगायतका केही लालची नेताहरु फरक दृष्टिकोण राख्ने दलसँग दरिलो सहकार्यमा उत्रिए

राजनीति गर्नेहरु इगोमा रुमलिनु हुँदैन । दलीय व्यवस्थामा पार्टीकै नीति, सिद्धान्त, निर्णयले अगाडि बढ्नुपर्छ । एमाले अध्यक्ष ओलीको पक्षमा खरो उत्रिएका महन्थ ठाकुरले पनि अदालतको निर्णयपछि पदमोहमा फसेको प्रष्टै देखिएको छ । बहुमत पार्टी शेरबहादुरको पक्षमा उभिने भएपछि महन्थले विश्वासको मत जाहेर गरे । तर इख, इष्र्या, तुषमा रुमलिएका माधव नेपाल अनि उहाँका केही अराजक समर्थकहरुले आफ्नो पार्टीप्रति महन्थ ठाकुर जति पनि राजनीतिक संस्कार देखाउन सकेनन् । पार्टीगत रुपमा भन्नु पर्दा डेटएक्सपायर माधव नेपालले आफू त आफू सम्भावना बोकेका नेताहरुलाई पनि शति लगेर जानुभएको छ ।
अन्तमा देश र जनताको पक्षमा विषम परिस्थितिका बाबजुत पनि उत्कृष्ट काम गरेकोमा निवर्तमान प्रम केपी शर्मा ओलीलाई बधाई, देशको नेतृत्व गर्न आईपुगेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुभकामना ! आफ्नालाई बिगारेर अरुलाई नै बनाउन सामदाम दण्डभेद प्रयोग गरी राजनीतिक बृत्तमा कलंकको टीका लगाई नांगिएका माधव समुहलाई भने हार्दिक समवेदना ।













प्रतिक्रिया दिनुहोस्