काठमाडौं, साउन १७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आगामी असोज ९ सम्म गरिसक्ने निर्णय हो ।
बैठकपछि महासचिव ईश्वर पोखरेलले दिनुभएको जानकारीअनुसार पालिका अधिवेशनका लागि अन्तिम मिति असोज ९ गते तोकिएको छ । यसैगरी बैठकले साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै बिधान भन्दा बाहिर पार्टी नजाने निर्णय पनि सुनाउनु भयो । २०७५ जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने उहाँको भनाई छ । बैठक सोमवार ३ बजे पुनः बस्नेछ ।













प्रतिक्रिया दिनुहोस्