काठमाडौं, साउन २३ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जापानको हिरोसिमामा आणविक बम विस्फोटको ७६ औं वर्षगाँठमा विश्व शान्तिको कामना गर्नुभएको छ ।ट्वीटरमार्फत ओलीले हजारौं मानिसको ज्यान जाने गरी भएको उक्त घटनाको स्मरण गर्दै त्यस्तो दुःखद इतिहास दोहोरिन नदिन समेत आग्रह गर्नुभएको हो । उहाँले हिरासिमाको घटनालाई दोहोरिन नदिन विश्व शक्तिहरुले पहल गर्नुपर्ने र यसलाई नारामा मात्र सीमित राख्न नहुने जनाउनुभएको छ । उक्त अमानवीय घटनालाई स्मरण गर्दै उनले पीडितप्रति गहिरो सहानुभूति पनि व्यक्त गर्नुभएको छ ।दोस्रो विश्वयुद्धको बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्न सन् १९४५ को अगस्ट ६ मा हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो । यसको तीन दिनपछि अमेरिकाले अर्को जापानी सहर नागासिकीमा अर्को बम खसालेको थियो ।हिरोसिमामा ७६ औं वर्षगाँठको अवसरमा आयोजित समारोहमा सहरका मेयर काजुमी मात्सुईले आणविक हतियारको मोह त्याग्न आग्रह गर्नुभएको छ ।
हिरोसिमाको इतिहास दोहोरिन नदिन विश्व शक्तिलाई एमाले अध्यक्ष ओलीको आग्रह













प्रतिक्रिया दिनुहोस्