जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १२:११

न्यूनतम साझा कार्यक्रममा एमसीसी राख्न प्रचण्ड मानेनन : प्रधानमन्त्री


काठमाडौं, साउन २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नमानेको बताउनु भएको छ ।

आफू निकट पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको बताउनुभएको हो ।

भेलामा पार्टी उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले आफूले राख्न चाहेको तर प्रचण्डले नमानेकोले राख्न नसकिएको बताउनु भयो । नेपाली कांग्रेसले बिपक्षीमा हुँदा पनि एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । तर आफै सरकारको नेतृत्वमा हुँदा भने चुपचाप बनेको छ ।