जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार १९:४२

कांग्रेसमा बिद्रोह, २२ केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाए सामुहिक राजीनामा (सूचीसहित)


काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गर्नुभएको छ । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै सवै सदस्यले राजीनामाको घोषणा गर्नुभएको हो ।कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफूले राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाउनु भएको हो । कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था नहटाएको भन्दै सामुहिक राजीनामा दिइएको पौडेलले बताउनु भयो ।

यी हुन राजीनामा दिने केन्द्रीय सदस्य

कृष्णकिशोर घिमिरे
अभिषेख प्रताप शाह
बालकृष्ण पाण्डेय
गोरख (आनन्द) विष्ट
नरेन्द्रकुमार चौधरी
हसन अन्सारी
किरणराज शर्मा पौडेल
रमा कोइराला पौडेल
नन्दनकुमार दत्त
गोपालकुमार बस्नेत
सुधीरकुमार शिवाकोटी
मनोहरनारायण श्रेष्ठ
ध्रुव वाग्ले
मोहनसिंह राठौर
शम्भुलाल श्रेष्ठ
कुमार खड्का
दयाराम पाण्डे
जनकराज कलौनी
भूमिबहादुर ९विश्व० गुरुङ
आशाराम चौधरी
दिलीप राई
राजेश बहादुर सिंह