जनता टाइम्स

३० श्रावण २०७८, शनिबार १२:११

अर्थमन्त्रीका अघोषित सल्लाहकारले चुहाए मौद्रिक नीति


काठमाडौँ, साउन ३० । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ को सल्लाहकार टीमले चालु आर्थिक वर्षको मौद्रिक नीति चुहाएको छ । मौद्रिक नीति आज सवा चार बजे सार्वजनिक हुने कार्यक्रम रहेकोमा पहिले नै सञ्चारमाध्यममा मौद्रिक नीतिका व्यवस्थाहरू सार्वजनिक भैसकेका छन् ।नेपाल राष्ट्र बैंकले सालबसाली रूपमा सार्वजनिक गर्ने मौद्रिक नीति सार्वजनिक गर्नुअघिसम्म गोप्य दस्तावेजका रूपमा रहने गर्छ । मौद्रिक नीतिका प्रावधान पहिल्यै सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि राष्ट्र बैंकका अधिकारीहरू नै असमञ्जसमा परेका छन् । अर्थ मन्त्रालयमा पनि यसबारे सोधीखोजी सुरु भएको छ । अर्थ मन्त्रीको टिममा सल्लाहकारको रूपमा काम गरिरहेका सुरेन्द्र उप्रेतीबाट मौद्रिक नीति चुहिएको प्रारम्भिक आशंका रहेको अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।