काठमाडौं साउन ३१ (एजेन्सी) । तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका छन । तालिवानी लडाकू काबुल प्रवेश गरेसँगै अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ । अन्तराष्टिय समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार तालिवानी लडाकु चारैतिरबाट राजधानी काबुलमा प्रवेश गरिरहेका छन । यस्को विस्तृत विवरण आइसकेको छैन ।
समाचार संस्थाहरुले जनाएअनुसार कावुलको वरपर विभिन्न स्थानमा गोली चलेको आवाजहरु सुनिएका छन् । तर, अहिलेसम्म राजधानी शहर सुरक्षा फौजकै कब्जामा रहेको जनाइएको छ । अमेरिकी अधिकारीहरुले तालीवानी लडाकूबाट जोगाउन आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको जनाएका छन । केही दिनदेखि तालिवानी लडाकूहरुले बिभन्न शहर कब्जा गर्दै आजबाट राजधानी काबुल छिरेका हुन ।
बिबिसीले पनि अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न सुरु गरेका विवरणहरू प्राप्त हुन थालेका जनाएको छ । समाचार संस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उधृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेका हुन । तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ । उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेको रोयटर्शले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्