काठमाडौं, साउन ३२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डपथ स्वीकार गरेकै कारण प्रधानमन्त्र बनेको ठोकुवा गर्नुभएको छ । केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएको जवाफ दिने क्रममा प्रचण्डले कांग्रेस, जसपादेखि माधव नेपालसम्मले प्रचण्डपथ स्वीकार गरी माओवादी एजेण्डामा आइपुगेको खुलासा गर्नुभएको हो ।
बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार प्रचण्डले माओवादी एजेण्डामा एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका अधिकांश दलका नेताहरु आइपुगेको भन्दै आगामी चुनावमा यही एजेण्डा मार्फत माओवादी सवैभन्दा ठूलो दलका रुपमा स्थापित हुने तथ्यांकसमेत राख्नुभएको छ ।
‘बाहिर यदाकदा कहिले कांग्रेस, कहिले जसपाको पुच्छर त कहिले माधव नेपालजीहरुको पुच्छर भएको कुरा सुनिन्छ हाम्रै कमरेडहरुबाट, तर त्यसो होइन, कांग्रेस र जसपा र माधव समुह सवै हाम्रो एजेण्डामा आएका हुन,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै ती नेताल जनताटाइम्ससँग भने । उनका अनुसार अध्यक्ष प्रचण्डले देउवा नेतृत्वको सरकार टिकाएर चुनावमा जाँदा माओवादीलाई फाइदा नै फाइदा भएको र देउवालाई आफूले भनेअनुसार नचाएर अपजसजति कांग्रेसतिर, जसजति माओवादीतिर आउने सूत्रसमेत सिकाउनु भएको छ । हाम्रो नेतृत्व होइन, अपजस जति कांग्रेसतिरै लगाइ दिनुपर्छ, जसजति हामीले हो हो भनेर जनतालाई भन्नुपर्छ,’ प्रचण्डको भनाई थियो ।
प्रचण्डले नेतृत्वले भनेअनुसार सवै लागेर अघि बढे आगामी निर्वाचनसम्म माओवादीलाई पहिलो पार्टी बनाउन सहजै सकिने धारणा पनि राख्नुभएको थियो । स्रोतका अनुसार एमालेबाट माधव नेपाल समुहलाई अलग गर्ने र चुनावसम्म कांग्रेसभित्र पनि खेल्न सके बिभाजन हुने भएकोले माओवादीलाई सहज हुने निश्कर्ष प्रचण्डको रहेको छ । ती नेताका अनुसार बैठकमा आफ्नो योजना सनाउँदै प्रचण्डले भन्नुभयो, ‘कांग्रेस पनि फुटेपछि चुनावी तालमेल गर्दा हामी सवैतिर जितिन्छ, कांग्रेस र एमालेलाई मिल्न नदिएपछि माधवजीहरु यतै आउनु हुन्छ, अनि हामी भएनौं त पहिलो दल ?’













प्रतिक्रिया दिनुहोस्