काठमाडौं, साउन १ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनविरुद्ध उभिन आह्वान गर्दै कवितामार्फत देशभरका नेता कार्यकर्तालाई ठण्डा दिमागले सोच्न आह्वान गर्नुभएको छ । रावलले २०७८ भदौ १ गतेको मितिमा लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चाताप नहोस् भन्दै पार्टी विभाजन आफ्नै लागि गलापासो हुन सक्ने सन्देश दिनुभएको हो ।
रावल एमाले विभाजन हुन नदिन सक्रिय छन् । माधव नेपालले अलग पार्टी खोले आफू त्यसमा नरहने जानकारी समेत नेपाललाई गराइसकेको बताइन्छ । रावल माधव नेपालसहितको एमाले एकताका पक्षमा क्रियाशील हुनुहुन्छ । उहाँले १० बुँदे सहमति नै एमाले एकताको आधार हो भन्दै आउनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्