जनता टाइम्स

१ भाद्र २०७८, मंगलवार १४:०३

अध्यादेशविरुद्ध सडक आन्दोलनमा उत्रियो युवा


काठमाडौं, भदौ १। एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल देउवा सरकारले जारी गरेको राजनीतिक दल बिभाजनसम्बन्धी अध्यादेशको बिरोधा सडक आन्दोलन घोषणा गरेको छ । सरकारले अध्इादेश जारी गर्ने निर्णयलगत्तै युवा संघले आज साँझ ५ बजे नयाँ बानेश्वरमा प्रदर्शन गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष किरण पौडेलले सरकार अधिनायकवादी र लोकतन्त्रबिरोधी बाटोमा हिडेको र बिभाजन सम्बन्धी प्रतिगामी ब्यवस्था गरेकोले सडकमा उत्रन बाध्य भएको बताउनु भयो ।

नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरिसकेको छ । आज बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याएको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेशको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । दल फुटाउने अध्यादेश ल्याउने तयारी गर्नु लोकतान्त्रिक विधि विपरीतको काम भएको एमालेको ठहर छ ।