काठमाडौं, भदौ २ । नेकपा एमालेको नाममा माधवकुमार नेपालको समूहले आज अन्तिम पटक केन्द्रीय समिति बैठक बस्न लागेको छ । आज अपरान्हसम्म बैठक बसेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न जाने योजना माधव नेपालको रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोयोजनाअनुसार आज नयाँ दल दर्ता गर्ने तयारीमा माधव लाग्नुभएको हो ।
अन्तिम पटक केन्द्रीय कमिटी बैठक बसेपछि सो बैठकले नयाँ पार्टी गठन गर्ने निर्णय गर्ने बताइएको छ । सो बैठकमा वामदेव गौतमलाई पनि उपस्थित गराउन प्रयास भइरहेको छ । सासद् पदमा रहनुभएकी वामदेव पत्नी तुलसा थापाले माधव नेपालको पक्षमा हिजो हस्ताक्षर गर्नुभएको बताइएको छ ।
राष्ट्रपतिबाट अध्यादेश आउनासाथ बैठक बस्ने र निर्वाचन आयोग जाने तयारी माधव समूहले गरेको छ । निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सहजीकरण गरिदिन प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिइसक्नुभएको छ । देउवाको निर्देशनलगत्तै निर्वाचन आयोगले आफ्नो विनियम संशोधन गर्ने तयारी पनि गरिरहेको छ । सरकारले मंगलवार २० प्रतिशत सांसद् लिएर नयाँ पार्टी बनाउन सकिने गरी ऐन संशोधनका लागि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्