जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार ०८:२८

बागमती प्रदेशका मूख्यमन्त्री अष्टलक्ष्मी, दुईजना मन्त्री नियुक्त


हेटौडा, भदौ ३ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद गठन गर्नुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएसगत्तै शाक्यले दुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख बिष्णु प्रसाईंले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई बुधवार साँझ मुख्यमन्त्री नियुक्त गरी सपथ गराउनु भएको हो । शपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गर्नुभएको छ । शाक्यले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको छ ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका हुनुहुुन्थ्यो । खनाललाई बुधवार नै नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको प्रष्ट पारिसक्नु भएको छ ।