नुवाकोट, भदौ ६ । नुवाकोट जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा चयन हुनुभएको छ । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेसनबाट उहाँलगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले र कोेषाध्यक्षमा रामचन्द्र तामाङ चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा ध्रुुवकुमार रावल, शिवलाल श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर छन् ।
संघको पदाधिकारीहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गर्नुभएको हो । समारोहमा नुवाकोट तेक्वान्दो संघका संरक्षक, पर्यटन ब्यवसायी सुमन पाण्डेले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो अवसरमा उहाँले तेक्वान्दो खेलाडी उत्पादनमा कहलिएको जिल्लाका रुपमा परिचित नुवाकोटले आगामी दिनहरुमा अरु राम्रा खेलाडी उत्पादन गर्न आवश्यक भएको बताउनुभयो ।
यस्तै वागमती प्रदेश अध्यक्ष केशब पुरीले तेक्वान्दोका राम्रा खेलाडी उत्पादनमा कमि आएकोले त्यसको कारण खोजेर जिल्ला संघहरु अघि बढ्नुपर्ने बताउनुभयो । डोजाङका प्रमुखहरुलाई बलियो बनाएको खण्डमा तेक्वान्दोको विकास हुने उहाँको भनाई थियो ।
एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्दी तामाङ, नुवाकोट उद्योग वाणिज्य सघका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष धननारायण चित्रकार, निवर्तमान अध्यक्ष सुमन अधिकारीलगायतले नुवाकोट तेक्वान्दो संघ साझा समझदारी र साझा सहकार्य गरि अघि बढेकोले जिल्लालाई तेक्वान्दोको क्षेत्रमा उत्कृष्ट बनाउन नवनिर्वाचित कार्यसमिति सफल हुनेछ भन्ने अपेक्षा गरिएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष शरण उत्सुक सापकोटाले तेक्वान्दोको खेलाडी उत्पादन गर्नलाई प्रशिक्षणका क्रियाकलाप सञ्चालन गर्ने, अघिल्ला समितिको अधुरा क्रियाकलापलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । विदुर नगरपालिका वडा–२ मा रहेको कभर्ड हलमा तेक्वान्दोको खेल सञ्चालन गर्नलाई विशेष प्राथमिकता दिने र खाली समयमा मात्र अन्य खेल सञ्चालनलाई अनुमती दिने अध्यक्ष सापकोटाले बताउनुभयो । संघले वर्षमा एक पटक प्रतियोगिता सञ्चालन गर्ने, पालिका स्तरिय समिति गठन गर्नेलगायतका गतिविधि सञ्चालन गर्ने समेत सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्