काठमाडौं, भदौ ६ । वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले एमाले विभाजन हुनुमा अहिले तटस्थ रहेका नेताहरूको पनि ठूलो भूमिका रहेको भन्दै नाटक बन्द गर्न सुझाव दिनुभएको छ । झलनाथ खनाल र माधव नेपाल निकट भनेर चिनिनुभएका संग्रौलाले माधव समुह त्यागेर एमालेमै रहने निर्णय गर्नुभएका नेताहरुलाई अव दुविधा त्यागेर कित्ता क्लियर गर्न सुझाउनु भएको हो ।
संग्रौलाले एकताका नाममा मन्त्री, सांसद र पद सुरक्षा गर्ने बार्गेनिङ चलिरहेको भन्दै एमाले फुट्नुमा अहिले एकता पक्षमा रहेका ९ जना स्थायी कमिटी सदस्यको पनि भूमिका रहेको बताउनु भएको छ । संग्रौलाले एकताको नाममा फेरि केपी ओलीलाई अल्टिमेटम दिइएको भन्दै अब यी नेताहरूको हैसियत जता गए पनि समस्या सिर्जना गर्ने र गुट बनाउनेमात्र हुने ठोकुवासमेत गर्नुभएको छ ।संग्रौलाले एमालेका दोस्रो तहका एकतावादी नेताहरूमा देश चलाउने हैसियत नरहेको र बुढा नेताको काँधमा बसेर मन्त्री हुनेमात्र योग्यता देखिएको भन्दै देशको राजनीति अझै नगिजोल्न आग्रह पनि गर्नुभएको छ ।
‘जे गरे गरे । तर बिचारका कुरा होइन, रहेछनी तपाइँहरुको ! एउटा उतर दिनुहोस एमाले ब्रान्ड हो वा बिचार ? ब्रान्ड हो भने केको अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नुहोस । तपाइँको बिचार मिल्दैन भने ओलि छोड्नुहोस । देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस । तर तेसो होइन तपाईंहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन झन गीजोल्दै हुनुहुन्छ । अब तपाईका हातमा केहि छैन,’ सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संग्रौलाले भन्नुभएको छ ।
यस्तो छ संग्रौलाको टिप्पणी
एकताबादी तटस्तबादी !
उहाँहरुले नाटक बन्द गरे हुने ।
जता मन लाग्छ तेता जानुहोस, नाटक बन्द गर्नुहोस । युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा बिकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चहेका हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचांहादै पनि । यो फुट्नुमा अहिले तटस्थबादीहुनेको भुमिका सानो छैन । स्वयं तपाइँहरुलाई थाह छ । तर तपाईको सिद्धान्त के हो देखिएन । पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने । सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ ! थोरै, यो जनता र देशका लागि हो !
१. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाइ हौस्याउने तपाईंहरु होइन ? नेपाल–खानालले ठिक गरे गरेनन इतिहासले मुल्यांकन गर्छ । उनीहरुले गलत गरेको लाग्छ भने तपाईहरु चुपचाप एमालेमा बस्नुहोस न । के तपाईंहरुलाई नेपाल खनालले धम्क्याए ? तेसो हो भने पुलिसमा जाहेरी दिनुहोस ।
२. थाह छ तपाइहरुले आफ्नो हैसियत के बनाउनु भयो ? अब एमालेमा जाँदापनी गुट यथाबत रहन्छ तपाईंका कारणले । तपाइँहरु अर्काेतिर जानुभयो भने पनि गुट बन्छ । तपाईंहरुको हैसियत त बच्चा जन्मिदा संगै निस्कने सालको जस्तो भयो । कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ । तर निक्लिए पनि यो फ्याँकिन्छ । तपाईंहरु बच्चा होइन साल बन्नु भो ।
३. नेपाल–खनालको मुल्यांकन इतिहासले गर्छ । ओलीको मुल्यांकन पनि इतिहासले गर्छ । इतिहास नियन्त्रणमा राख्ने ताकतवर ऐले सम्म देखिएको छैन संसारमा । कम्तीमा राम्रो नराम्रो जे भएपनि उनिहरुमा निर्णय गर्ने आंट त रहेछ । जे गरे गरे । तर बिचारका कुरा होइन, रहेछनी तपाइँहरुको ! एउटा उतर दिनुहोस एमाले ब्रान्ड हो वा बिचार ? ब्रान्ड हो भने केको अल्टिमेटम, खुरुक्क नेपाल-खनाल छोड्नु होस । तपाइँको बिचार मिल्दैन भने ओलि छोड्नुहोस । देश संकटमा भएका बेला नागरिकलाई सहयोग गर्नुहोस । तर तेसो होइन तपाईंहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन झन गीजोल्दै हुनुहुन्छ । अब तपाईका हातमा केहि छैन ।
यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाइ तपाईंका वाइयात राजनितीको बारेमा पत्र पत्रीका सामाजिक संजाल र टिभी हेर्दा दिक्क लाग्यो ।अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ ।तपाईहरु ठिक अरु गलत छ्न भने बोल्सेभिक बनेर देखाउनु होस न । के प्रष्ट भएको छ भने तपाईंहरु बाहिर देखीएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन ।तपाईंहरु बुढाहरुका कांध बसेर गोजीमा लुकेर मन्त्रीहुनेहरु हो । देशको राजनीति अझै नगीजोल्नु होस ।













प्रतिक्रिया दिनुहोस्