काठमाडौं, भदौ ९। प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको नयाँ पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने दावी गर्नुभयो । नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर एमालेसँग कुनै सहकार्य नहुने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चलिरहँदा चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले सोचेभन्दा धेरैको सनाखत भएको दावी गर्नुभयो । चौधरीका अनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको सनाखत भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘हामी चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछौं ।’ कसरी ठूलो पार्टी बन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले वामएकताको आधार देखाउदै उहाँले भन्नुभयो ।
‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्