विराटनग, भदौ १० । एमाले प्रदेश १ संसदीय दलको नेतामा चयन हुनुभएका भीम आचार्यलाई भ्रातृशोक परेको छ । मुख्यमन्त्रीसमेत रहनुभएका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा बिहीबार सर्वसम्मत चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको हो ।
आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामप्रसाद आफ्नै कोठमा मृत भेटिएका हुन् । कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उरामप्रसादको शव भेटिएको हो । भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेतामा चयन गरिएकै दिन भाइ रामप्रसाद मृत फेला परेका हुन् ।













प्रतिक्रिया दिनुहोस्