काठमाडौँ, २२ भदौ । गएराति सिन्धुपाल्चोकको चौतारा, जिरी, नुवाकोट, जाजरकोट लगायत ठाउँमा ठूलो पानी परेको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्य खालको वर्षा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार आज भने प्रदेश–२ बाहेकका ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताउनुभयो । यस्तै, राति गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा पानी पर्ने छ ।अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।
उत्तरपश्चिमी बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुन थप सक्रिय भएको छ । आज पनि बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसमविद् निराजन सापकोटाले भोलि दिउँसोदेखि भने मौसममा केही सुधार आउने सम्भावना रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्