काठमाडौं, असोज २ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीबाट चोइटिएर जानेहरूको कुनै राजनीतिक भविष्य नरहेको र चाँडै मासिने ठोकुवा गर्नुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीबाट छुटेकाहरूको कुनै राजनीतिक भविष्य नरहेको बताउनु भएको हो । महासचिव पोखरेलले पार्टीबाट छुटेकाहरू मासिएर जाने बताउनु भयो ।
उहाँले पार्टीबाट विभाजन रोजेकाहरू समाप्त हुने गरेको इतिहास रहेको भन्दै मासिने भन्दा अर्काे बाटो नभएको बताउनु भयो । ‘एमालेबाट चोइटिएर जानेहरू सकिन्छन्। मासिएर जान्छन, विभाजनमा जानेहरूको भविष्य अन्धकारमा जान्छ। उनीहरूको भविष्य अँध्यारो सुरूङभित्र पसिसकेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्